आन्दोलन सशक्त्त बनाउँदै मोर्चा

113

कोहलपुर, असोज ८
संयुक्त थरुहट मधेश संघर्ष समिति बाँकेले शनिबारदेखि आन्दोलनलाई सशक्क्त बनाउने घोषणा गरेको छ । शनिबारदेखि नेपालगञ्जको नाका ठप्प पार्ने केन्द्रीय निर्णय अनुसार आन्दोलनका कार्यक्रम सुरु हुने मोर्चाले जनाएको छ । शुक्रबार संघर्ष समिति संयोजक विजय गुप्तद्धारा जारी विज्ञप्तीमा शनिबार भन्सार नाका ठप्प कार्यक्रम हुने जानकारी गराएको छ । यस्तै असोज १४ गते नेपालगञ्जमा बृहत जनप्रदर्शन तथा विशाल विरोध सभा गर्ने जनाएको छ । असोज ३ गतेको शान्तिपूर्ण प्रदर्शनपछि राती नेपालगन्जमा प्रहरीबाट दमन र हस्तक्षेप भएको भन्दै घटनाको निन्दा गरिएको विज्ञप्तीमा जनाएको छ । प्रहरीको कुटपिटबाट घाईतेलाई क्षतिपूर्ति तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा भन्दा कडा कारवाही गर्न सरकारसंग माग गरेको छ ।

press statement gate

Womui
Womui