भारतले पेट्रोलियम पद्धार्थ आपूर्ति बन्द गरायो

182

नेपालगन्ज, असोज ८–
संविधानमा असन्तुष्टी जनाउँदै आएको भारतले प्राविधिक कारण देखाउँदै नेपालमा पेट्रोलियम पद्धार्थ आपुर्ती बन्द गराएको छ । ईन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थ ट्यांकरमा लोड गर्न बन्द गरेको हो । आईओसीका रक्सौल, सिलगुढी, बैतालपुर र गोण्डा डिपोले नेपाली ट्यांकरमा तेल भर्न छाडेका छन् ।

Indian-Oil
नेपालगन्ज नाकापारी भारतको गोण्डास्थित डिपोले १५ ट्यांकर तेल भरेपनि त्यहाँबाट छुट्ने अनुमति नदिँदा नेपाली ट्यांकर नेपालतर्फ आउन पाएका छैनन् । यस्तै भारतको बैतालपुर डिपोमा २६ ट्यांकर पुगेपनि ४ वटा टं्याकर मात्र तेल लिएर फर्केका छन् । यसैगरी रक्सौल डिपोमा पुगेका ५६ वटै ट्यांकरमा अहिलेसम्म लोड भएको छैन, भने सिललगुढी डिपोमा पुगेका १५ वटा ट्यांकर पनि तेलको प्रतिक्षा गरिरहेका छन् ।

Womui
Womui