नेपाली जनताले बनाएको संविधान नेपाली जनताको हितमा छः ओली

21
काठमाडौं, असोज ६
oli1नेपालमा जारी संविधानलाई संशोधन गर्नु पर्ने भन्दै भारतले दिएको सात बुँदे सुझावविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा जवाफ दिएका छन् । भावी प्रधानमन्त्रीका रुपमा लिइएका ओलीले नेपालमा जारी संविधानलाई लिएर कसैले टाउको दुखाउन नहुने बताएका हुन् ।
नेपाली जनताले बनाएको संविधान नेपाली जनताको हितमा रहेको बताउँदै उनले भने,‘ हामीले आफ्नो देश अनुकूल बनाएको संविधानप्रति कसैले हस्तक्षेप नगरे हुन्छ ।’ उनले हामी नेपाली अरुको नजरमा जे जस्तो भए पनि हामी आफैंमा स्वाभिमानी भएकाले देशलाई आँच गरे पछि नहट्ने बताए । एमाले नेता सहाना प्रधानको प्रथम स्मृतिमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतले नेपालप्रति देखाएको चासोलाई संकेत गर्दै भारतले अंगीकृत नागरिकतावाहकलाई राज्यका महत्वपूर्ण पद दिनु पर्ने गरी जारी संविधानलाई संशोधन गर्न सुझाएको प्रस्तावलाई संकेत गर्दै उनले  भने, ‘अंगीकृत नागरिकतावाहकलाई नागरिकता पाएको भोलिपल्टै राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री जस्ता पद दिइनु पर्ने कस्तो चाहना हो ? अध्यक्ष ओलीले भारतको नामै नलिई उसले अघि सारेको सात बुँदे सुझावको खण्डन गरेका थिए ।
भारतको एक पत्रिकाले भारतले नेपालमा अंगिकृत नागरिक पनि राष्ट्रपति, प्रधानमन्त्री, मुख्य मन्त्री लगायतका उच्च ओहदाका पदमा नियुक्त हुन पाउने व्यवस्थालगायतका सात बुँदामा नेपालको संविधान संशोधन गर्नुपर्ने सुझाव दिएको थियो।
Womui
Womui