आन्दोलनलाई सशक्त बनाउँदै नाका बन्द गर्ने मोर्चाको निर्णय

42

काठमाडौं, असोज ६

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आमहड्ताल जारी राख्दै नेपाल-भारतको नाका ठप्प पर्ने निर्णय गरेको छ । तराई मधेसमा भइरहेको आन्दोलनले असर गर्ने भन्दै भारतले आपूर्ति असहज हुने चेतावनी दिइरहेको बेला मधेसी मोर्चाको बैठकले नाका केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको छ । सप्तरीको राजविराजमा बसेको मधेसी मोर्चाको बैठकले चार पार्टीको कार्यविभाजन गरेको छ । जस अनुसार काकडभिट्टामा तराई मधेस सद्भावना पार्टी, विराटनगरमा संघीय समाजवादी फोरम, वीरगञ्जमा सद्भवना र भैरहवामा तमलोपाले नेतृत्व गर्नेछ । बैठकले आन्दोलनरत पक्षहरुसँग सहकार्य गर्ने निर्णय गर्दै कार्यदल समेत बनाएको छ । कार्यदलमा सद्भावना मनिष सुमन, तमसपाका रामनरेश राय, तमलोपाका गोविद चौधरी र संघीय समाजवादीका राजेन्द्र श्रेष्ठ छन् ।

Womui
Womui