नेपालगन्जमा मोर्चाको प्रदर्शन

49

नेपालगन्ज, असोज ६
आन्दोलनरत मधेसी मोर्चाले बाँकेको खजुराखुर्दस्थित मानपुरमा प्रदर्शन गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको इन्द्रपुर हुँदै निस्केको विरोध ¥याली मानपुरमा पुगेर कोण सभामा परिणत भएको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य जगदीसबहादुर सिंहले जानकारी दिए । उनका अनुसार प्रदर्शनमा सयौं मधेसी समुदाय सहभागी छन् । प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध चर्का नारीवाजी समेत गरेका छन् ।

Womui
Womui