नेपाललाई चाहिने जुनसुकै सहयोग गर्न तयार छौः चीन

50

काठमाडौँ, असोज ६

Chinese_flag_(Beijing)_-_IMG_1104भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमार्फत नेपालमा नाकाबन्दी गर्नसक्ने चेतावनी दिएपछि चिन नेपाललाई सहयोग गर्न आतुर छ । नेपालमा भारतले नाकाबन्दी गरे नेपाली जनता डराउनु नपर्ने भन्दै चीनले नुन र तेलसहितका हजारौं गाडी नेपाल प्रवेश गर्ने अनुमतिको पर्खाइमा तातो पानी बोर्डरमा राखेको छ । तर भारतलाई बुझेका र विदेशी मामिलामा दख्खल राख्ने विज्ञ तथा राजनीतिकर्मीहरु त्यो अवस्था नआउने बताएका छन् । साथै भारतको पछिल्लो गैरकुटनीतिक व्यवहारप्रति नेपालले भारतका सबै राजनीतिक शक्तिहरुसँग अविलम्ब संवाद थाल्नु पर्ने विज्ञहरुको सुझाव छ ।
त्यस्तै, भारतसँग नेपाल जुन जुन कुरामा निर्भर छ त्यो सबै उपलब्ध गराउने चीनले जनाएको छ । चीनले भनेको छ “नेपाली जनतालाई नआतिन र इंडियासँग नझुक्न हाम्रो सुझाव छ  ।’

Womui
Womui