विराटनगरमा गोली चल्दा तीन प्रदर्शनकारी र एक प्रहरी घाइते

47

विराटनगर, असोज ४

महाविर चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप प्रहरीले चलाएको गोली लागेर तीन जना घाइते भएका छन्। उक्त गोली लागि विराटनगर ७ कि २० वर्षीया पिङ्की केशरी, १४ वर्षीय अजय सहानी, २४ वर्षीय विशाल केशरी र  घाइते भएका हुन्। उनीहरुको गोल्डेन अस्पतालमा उपचार भइरहेको डिएसपी प्रमोद खरेलले जानकारी दिए।

विहानैबाट मोर्चाका कार्यकर्ता सडकमा उत्रिएपछि महाविर चोक, शनि मन्दिर र महेन्द्र चोक क्षेत्रमा प्रहरीसँग झडप भएको हो । प्रदर्शनकारीले प्रहरीको गाडीलाई लक्षित गरी गुलेली, ढुंगा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली, केही सेल अश्रुग्यास र हवाइ फायरिङ गरेको छ । सोमबार बिहानैदेखि विराटनगर उपमहानगरपालिका आसपासका गाउँबाट ठूलो संख्यामा प्रदर्शनकारीहरु यहाँ जम्मा भइरहेका छन्।

Womui
Womui