उपभोक्ताको आफ्नै स्रोतबाट सामुदायिक भवन

126

नेपालगन्ज, असोज २–
सौरी मध्यवर्ती वन उपभोक्ता समुहको शनिबार नवनिर्मित भवन उद्घाटन गरिएको छ । बाँके राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले एक समारोहका बीच भवन उद्घाटन गरेका गरे । खासकुश्मा–४ सौरीस्थित उक्त सामुदायिक वनले आफ्नै स्रोतबाट भवन निर्माण गरेको हो ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथी ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथी ।

वनका कोषाध्यक्ष डिल्ली डाँगीका अनुसार ५ लाख ८७ हजार रुपैयाँको लागतमा भवन निर्माण कार्य सम्पन्न भएको हो । भवन निर्माणका क्रममा स्थानीय उपभोक्ताले पनि जनश्रमदान गरेको उनले बताए । ‘दुई कोठे सामुदायिक भवन सँगै शौचालय पनि निर्माण सम्पन्न भएको छ, भवन निर्माण गर्दा समुहको आन्तरिक स्रोत र जनश्रमदान लागेको छ,’ कोषाध्यक्ष डाँगीले भने । 

भवन उद्घाटन गरिदै ।
भवन उद्घाटन गरिदै ।

वन समुहका अध्यक्ष थम्मनबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवम् निकुन्जका प्रमुख संरक्षण अधिकृत पन्तले एक्लो प्रयासबाट मात्रै वन, जंगल संरक्षण गर्न सम्भव नहुने ठोकुवा गरे । सबैले हातेमालो गरेर वन जंगल र वन्य जन्तु संरक्षणमा जुट्नुपर्ने उनको भनाई थियो ।

प्रमुख संरक्षण अधिकृत गणेश पन्त ।
प्रमुख संरक्षण अधिकृत गणेश पन्त ।

कार्यक्रम समापन गर्दै समुहका अध्यक्ष भण्डारीले वन संरक्षणमा आफुहरुको मेहेनत धेरै रहेको बताए । सो अवसरमा काँग्रेस गाउँ ईकाई सभापति टिकाराम बस्नेत, कुसुमेश्वर उच्च माध्यामिक बिद्यालयका प्राचार्य रुपेन्द्र बस्नेत, रेडक्रस उपशाखा कुसुमका सभापति लेखराज ओली, सुरक्षा निकायका प्रमुख, उपभोक्ता लगायतको सहभागिता रहेको थियो । सो क्रममा बोल्ने स्थानीय बासिन्दाले निकुन्जका वन्यजन्तु आएर गाउँमा दुःख दिन थालेको गुनासो गरेका थिए । कार्यक्रममा वन समुहका सचिव उमा ओलीले स्वागत मन्तव्य दिईन् ।
3

Womui
Womui