क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सुर्खेतले महिला समिति गठन गर्‍यो ।

18

राजन, सुर्खेत

क्रान्तिकारी माओवादी सुर्खेतले ३१ सदस्यीय महिला जिल्ला समिति गठन गरेकोछ । कमरेड जानकी चन्दको संयोजकत्वमा गठित उक्त महिला समितिलाई पार्टी केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज कमरेड एमराज, पार्टी केन्द्रीय सदस्य तथा ६ नं प्रदेश कार्यालय सचिव कमरेड प्रकाश, पार्टी केन्द्रीय सदस्य तथा जिल्ला संयोजक कमरेड श्याम कार्की, पार्टी प्रदेश सदस्य तथा सह–संयोजक कमरेड विनोद लामा, नगर इन्चार्ज कमरेड सिद्द खड्काले नव निर्मित महिला समितिलाई बधाई साथै सफलताको शुभकामना तथा प्रशिक्षण दिएका हुन् ।

नयाँ समिति सदस्यहरुलाई बधाई तथा शुभकामना दिने क्रममा आधा संसार महिलाको हकहित र अधिकारका लागि मृत्युको कफन बाधेर लागिरहने कुरा महिला समिति संयोजक तथा पार्टी प्रदेश समिति सदस्य जानकी चन्दले बाताए ।

Womui
Womui