भ्रष्ट प्र.अ. सर्वदलिय बैठकबाट भागे

63

कोहलपुर, बाँके – राजन बुढा
सरकारी स्कुलहरुको स्तर खस्कदै जाँदा अविभावकहरुको सरकारी स्कुल प्रतिको वित्रिष्णा बढ्दै गएको कुरा त सर्व विदितै छ । यसै कारणले गर्दा देशमा शिक्षा क्षेत्रमा व्यापारिकरण तथा निजिकरण बढ्दो गतिमा छ । निजि विद्यालयहरुका मालिक रातारात करोड पति बन्दै गएका छन् । प्रभावशाली नेता तथा जनप्रतिनिधिहरुका आफ्ना निजि विद्यालयहरु चलिरहेका छन् । रातो बङ्गला, निट, अब्ट्याक, सेन्टथोमास जस्ता धनीका छोराछोरीहरु मात्र पढ्ने विद्यालयहरु निजि छन् । त्यस्ता विद्यालयहरुमा पढ्ने विद्यार्थीहरु र गाउँका सरकारी विद्यालयहरुमा पढ्ने विद्यार्थीहरुका विचमा प्रतिस्पर्धा गराएर गरिवहरुका छोराछोरीहरुको लाज गराइरहेको छ ।


उता सरकारी विद्यालयमा राजनीतिक पावरका भरमा जागिर खाएर बसेका शिक्षकहरु विद्यालयमा नियमित पठनपाठनमा हेलचक्राई गरिरहेका छन् भने विद्यालय प्रमुखहरु विद्यालय भित्रै भ्रष्टाचारी गर्ने कार्य पनि त्यत्तिकै तिब्र छ । यसै सिलसिलामा बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. ३ मैटवा स्थित श्री जनता माद्यामिक विद्यालयका प्र.अ.ले विभिन्न शिर्षकमा भ्रष्टाचार तथा मनोमानी गरेको कुरा अविभावक श्रोतले बताएको छ । कृते कागज बनाई सामान खरिद गर्ने तयारी गरेको कागजात फेला परेपछि सर्वदलिय छलफलका क्रममा विद्यालयका प्र.अ. चन्द्र बहादुर खत्री बैठकबाट भागेका छन् ।

प्र.अ. चन्द्र बहादुर खत्रीले बनाएका नक्कली कोटेशनहरुको केहि तस्विरहरु-

Womui
Womui