एमसीसी कार्यन्वयन रोक्न ४ दलको देशव्यापी प्रदर्शन

26

सुर्खेत

राजन
किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, विप्लव सी नेतृत्वको नेकपा र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संयुक्त मोर्चाको एम सी सी कार्यन्वयन बिरुद्धको देश ब्यापी प्रदर्शन ६ नम्बर प्रदेशको सदरमुकाम विरेन्द्रनगर सुर्खेतमा सम्पन्न भयो । मङ्गलगडी चोकबाट शुरु भएको बिरोध (याली मेन बजार हुँदै पिपल चौतारीमा कोणसभामा परिणत भएको हो । एम सी सी सम्झौता खारेजीका लागि नाराबाजी गर्दै ४ पार्टीका नेता कार्यकर्ता र जनता सहितको सानदार उपस्थिति रहेको कार्यक्रममा सुरक्षाकर्मीहरुका गाडीहरू पनि त्यत्तिकै बाक्ला थिए भने पत्रकार, कुटनैतिक नियोगका सदस्य, बुद्धिजीवी, ब्यापारी आदिको सहानुभूतिपुर्ण उपस्थिति पनि त्यत्तिकै रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला संयोजक कमरेड बिक्रम सचेतले एमसीसी सम्झौता नेपाली जनताको पासोमा राखिएको चारो हो यो हर हालमा खारेज गरिनुपर्छ भन्ने कुरामा जोड दिदै यसमा सम्पुर्ण देशभक्त नेपालीहरु यो आन्दोलनमा एकजुट हुनुपर्ने आवश्यकता रहेको बताएका छन ।


नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश मुक्ति मोर्चाका संयोक बिराट सी ले विश्वका सामु विरताको इतिहास कोर्न सफल स्वाभिमानी नेपाली जनताका सरकारका प्रतिनिधिहरु भने दास मनोबृत्ति र लालची भएका कारण वैदेशीक हस्तक्षप निरन्तर बढि राष्ट्रिय स्वाधिनता खतरामा पर्दै गएको छ । त्यसैको फलस्वरुप यो आई पि एस अन्तर्गतको यो एमसीसी सम्झौता निरन्तर अगाडी बढ्दै गएको कुरा माथि प्रकाश पारे ।


क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य कमरेड धमिलले वि.सं. २०१७ सालमा नेपाली कांग्रेसको सरकारले यो परियोजना सम्झौता गरेको हो । नेपाली कांग्रेसका प्रतिनिधि तथा अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले सरकारको तर्फबाट हस्ताक्षर गरेको कुरा ताजै छ । आज पनि निरन्तर नेपाली कांग्रेसका जनप्रतिनिधिहरु, नामधारी कम्युनिस्ट पार्टी एमालेका प्रतिनिधिहरु, १० वर्षे महान जनयुद्धका भगौडा प्रचण्ड बाबुराम लगाएतका दक्षिणपन्थी संशोधनवादी तथा अवसरवादीहरुको अखडा रहेको माके लगाएतका कम्युनिस्ट पार्टीका जनप्रतिनिधिहरु एमसीसी सम्झौता पास गर्न रातादिन लागि परेका छन् । वहुसंख्यक नेपाली जनताको सडक आन्दोलनको अवज्ञा गर्दै थ्रेसहोल्डबाट ब्याख्यात्मक घोषणा भन्दै चोरबाटोबाट मन्त्री परिषदबाट एमसीसी पास गर्ने जस्तो कालो कर्तुत गरेर नेपाली जनताले दिएको जनादेश माथि धोका गरिसकेका बताए ।


आज मिति २०८० भाद्र १३ गते ५ वर्षमा एमसीसी परियोजना सम्पन्न गर्ने भन्दै एमसीसी सम्झौता कार्यन्वयन पत्रमा हस्ताक्षर गर्न गईरहेका छन् । हामी आज पनि एमसीसी कार्यन्वयन सम्झौता विरुद्ध देशव्यापी प्रदर्शन कार्यक्रममा छौं । यो कार्यक्रम मार्फत सम्झौतामा हस्ताक्षर गर्न गइरहेका प्रनिनिधिहरुलाई हस्ताक्षर गर्ने धृष्टता गरे जनताले तिम्रा हात काट्न पछि नपर्ने कुरामाथि प्रकाश पारे । यो जनताको देशव्यापी प्रदर्शनको अवज्ञा गरि सम्झौतामा त हस्ताक्षर गर्न सक्लान तर भुगोलमा आफुहरु भएको र एमसीसी परियोजना कार्यन्वयन हुन हर हालतमा नदिने र जनप्रतिनिधिहरुलाई गाउँ पस्न नदिने चेतावनी नेता धमिलले दिएका हुन ।

Womui
Womui