मिटरब्याजीको जालमा फस्ने करिव ५० जना प्रशासन सामु उपस्थित

24

राजन
छिनछिन खवर-२०८० भाद्र १२ गते बुधबार

दिपेन सिंह र कृष्णा सिंह दुई दम्पत्ती नै मिटरब्याज(अनुचित लेनदेन) तथा ठगीका नाईके सावित भएका छन् । सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका नेमारे स्थित श्री उत्तर पश्चिम हे.क्वा. नेमारे व्यारेकका सुवेदार पदबाट हालै पेन्सन अवकासका लागि राजिनामा स्वीकृती भएको र सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिका वडा नं. १२ श्रीनगर टोलमा स्थायी बसोबास गर्ने आर्मी दिपेन सिंहले करिव ५० जनालाई जालको चारो स्वरुप विभिन्न रकम लगाई डबल रकमको नक्कली तमसुक, चेक र अटोपास आदिबाट असुलिका क्रममा धम्काउँदै घरबास, गाडी, दुकान पसल आदी कब्जा गरेर उनीहरुलाई उठिबास लगाएको कुरा क्रान्तिकारी कम्युनिस्ट पार्टीका सुर्खेतका जिल्ला सह–संयोजक विनोद लामाले बताएका हुन । मिति २०८० श्रावण २९ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतमा अनुचित लेनदेन, मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिद्धारा धर्ना कार्यक्रम भएको हो । उक्त कार्यक्रममा संघर्ष समितिले पिडितलाई न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पिडीत र पिडकहरुको नाम लिष्ट बुझाएको थियो ।
मिति २०८० श्रावण ३० गते जिल्ला प्रशासन कार्यालयले मिटरब्याजी तथा ठग दिपेन सिंह र उनको श्रीमती कृष्णा सिंहलाई झिकाई संघर्ष समितिका सदस्यहरु सहित करिव १०-१५ जना पिडीतलाइ हल नं. ३०७ मा सहयाक सि.डि.यो र जिल्ला प्रहरी कार्यालयका इनेस्पेक्टर पर्शुराम चौधरीको रोहबरमा छलफल गराएको थियो । उक्त छलफलका क्रममा पिडक कृष्णा सिंह र उनको साथमा आएकी सारदा बुढाले अचानक हमला गरि संघर्ष समितिका सदस्य सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिका वडा नं. १० मा बसोबास गर्ने रिता गुरुङ्गलाई घाईते बनाई दाहिने खुट्टा भाच्चिएको छ र उनको उपचार हाल प्रादेशिक अस्पता कालागाउँ सुर्खेतमा भईरहेको छ । उता पिडकहरु भने खुलेआम आफ्ना काला कर्तुतहरु गर्दै हिंडिरहेका छन् । पिडित र घाईतेहरुको मुद्दा दर्ता गर्न जाँदा जिल्ला प्रहरी कार्यालले आनाकानी गरेपछि संघर्ष समितिका पदाधिकारीहरु राष्ट्रिय मानवअधिकार आयोगको कर्यालय सुर्खेतमा निवेदन चढाए । मानवअधिकारवादीहरुको पहलमा जिल्ला प्रहरी कार्यालय सर्खेतमा मुद्दा दर्ता भएको छ । पिडक विरुद्ध मुद्दा दायर हुँदा पनि प्रहरीले निज पिडकहरुलाई नियन्त्रणमा लिएको छैन । यसरी अपराधीहरु विरुद्ध मुद्दा दायर भएको करिव साता वित्दा समेत उनीहरुलाई नियन्त्रणमा लिई आवश्य पहल नगरेको कारण अपराधी र संवन्धित निकायका पदाधिकारीहरु विचको सम्बन्ध के हो ? भन्ने कुरा अध्ययनको विषय बनेको छ ।
मिति २०८० भाद्र ११ गते क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता र संघर्ष समितिका पदाधिकारीहरु निज पिडकको दरवन्दी रहेको आर्मी व्यारेक श्री उत्तर पश्चिम हे.क्वा विरेन्द्रनगर नगनपालिका नेमारे पुगी निज दिपेन सिंह विरुद्ध निवेन पेश गरेका कुरा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका सुर्खेत जिल्ला संयोक जे.वि. सुनारले जानकारी दिनुभयो । जानकारीका क्रममा उल्लेखित पिडकहरुलाई तत्काल नियन्त्रणमा नलिए ट्रेड युनियन तथा संघर्ष समितिको ऐक्यवद्धता सहित चरणवद्ध विरोधका कार्यक्रमहरु देशैभरी गर्ने कुरा अनुचित लेनदेन, ठगी, मिटरव्याज र लघुवित्त विरुद्ध किसान मजदुर संघर्ष समितिका केन्द्रीय सदस्य तथा दाङ्ग जिल्ला अध्यक्ष पार्वती भुसाल र बर्दिया जिल्ला अध्यक्ष सरस्वती सुनार र सुर्खेत जिल्ला अध्यक्ष गंगा देवकोटाले चेतवनी दिदै वताएका छन् ।

Womui
Womui