अब आया कबुत्तर पहाडके निचे !

29

— रामबहादुर बुढा‘राजन’
सन् १९६२ को चिन भारत युध्दमा हारेर फर्कियको भारतीय हरुवा सेना नेपालको लिपुलेक लिम्पीयाधुरा र कालापानीको भु–भागमा अस्थाई रुपमा क्याम्प बनायर बसेको थियो । उक्त सेनालाई नेपाल सरकारले नेपाली भुमी छोड्नका लागि कुनै सूचना जारी गरेन । कुनै पनि आवश्यक पहल कदमी नपुगीरहेको अवस्था थियो । उक्त अस्थायी क्याम्प बसेको भरमा भारतले उक्त नेपाली भु–भागलाई आफ्नो भारतीय राजनीतिक नक्सामा गाभ्यो । विभिन्न समयमा विभिन्न दलहरुले भारतीय सेना लिपुलेक छोड्नुपर्छ भनेर पटक पटक आन्दोलन त भय तर भारतले उक्त भुभाग छोड्न अटेर गरिरहेकै अवस्था थियो । त्यस सम्बन्धमा जनवादी गायक जीवन शर्माले गित पनि गाउँनु भएको छ । छोड् छोड् भारतीय विस्तारवाद कालापानी छोड ! भनेर । न्य द्यबअप क्ष्लमष्ब १ भन्दै थुप्रै आन्दोलनहरु पटक–पटक भयकै हुन । यस्तो नेपाली जनताको देशभक्तिलाई वास्तै नगरी भारतीय सरकारले अझ चिनसँग सिपि भञ्ज्याङ, लिपुभञ्ज्याङ, छियाङला, नाथुला हुँदै ब्यपार आदानप्रदान गर्ने नाका खोल्ने सम्झौता ग¥यो । यता नेपाल सरकारले पनि देशभक्ती संगीतको धुन पनि सुनेन, देशभक्तीका लिखित दस्तावेजहरु पनि पढेन र आन्दोलनका राँकाहरुलाई पनि प्रहरी प्रशासन लगाएर दवाई नै राख्यो । यति मात्र नभै सरकारले आफ्नो देशको भु–भागलाई कटायर बुच्चे नक्सा बनायर सबै तिर लागु ग¥यो । उक्त बुच्चे नक्सा खोरेज गरी पुरै नेपाली भुभाग सहितको चुच्चे नक्सा सबैतिर प्रयोग गर्न र नेपाली भुमीलाई फौजी अखडा बनाउने गरी आयको हिन्द प्रसान्त रणनिति अन्तरगतको मिलिनियम च्यालेन्ज कर्पोरेशन(Mcc)लाई नेपालमा बस्न दिने जस्तो राष्ट्रघाती संझौता नगर्न र देशका विभिन्न स्थानमा भएको भारतीय सीमा अतिक्रमणका विरुद्धमा सरकारलाई ध्यानाकर्षन तथा उक्त मुद्धालाई अन्तर्राष्ट्रियकरण गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले सरकारलाई ज्ञापन पत्र बुझायो ।
वि.सं. २०७६ माघ १५ देखि
राष्ट्रिय स्वाधिन्ताको रक्षा गरौं !
लिपुलेक, लिम्पीयाधुरा र कालापानी जाऔं !
कोशी, गण्डकी, मेचीमहाकाली, अपर कर्णाली, अरुण तेश्रो, माथिल्लो
मस्र्याङ्गदी र MCC लगायतका असमान सन्धी सम्झौता खारेज गरौं !
अतिक्रमित भुमी फिर्ताका लागि संघर्ष गरौं !
बुच्चे नक्सा हैन, चुच्चे नक्सा प्रयोग गरौं !
भन्ने मुल नाराका साथ मेची महाकाली जनजागरण अभियान संचालन गरेको थियो । उक्त जनजागरण अभियान साथमा नेपालका बुच्चे र चुच्चे २ वटा नक्सा लिईएको थियो । देशका मुख्य स्थानहरु विराटनगर, महेन्द्रनगर, पोखरा र काठमाण्डौंबाट संचालन भएको उक्त जनगागरण अभियानमा २ वटा नक्सा सहित विभिन्न देशका चोकचोक र गल्ली गल्लीहरुमा सूचनाको लागि कोण सभा गर्दै हिडेको हो । उक्त अभियानमा हजारौं हजार न्यायप्रेमी समुदायहरुले एकेवद्धता जनाउँदै आयका थिए । त्यसै क्रममा विभिन्न १० दलहरुले पनि सरकारलाई अभियानमा सहमत हुँदै ज्ञापन पत्र बुझाएका थिए ।
यसरी अभियान एक भब्य आन्दोलनको रुपमा अगाडी बढीरहँदा नक्कली कम्युनिष्टहरुको संघिय गणतान्त्रीक ब्यवस्थाको बुख्याचो सरकारले ज्ञापन पत्र माथि कुनै पहल नगरेको हुँदा वि.सं. २०७६ फागुन १० गते नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले फेरी विरोध पत्र पेश गर्न सिंहदरवारतिर जाँदै गरेको जुलुसमाथि लाचार आकाशवेली सरकारले हनुमानथान नजिकै प्रहरी हस्तक्षेप गरि लाठीचार्ज गर्दै सि.पि.गजुरेल, परिथापा, पवनमान श्रेष्ठ, दिपकबहादुर शाही, सुरेश श्रेष्ठ लगायत १५ जनालाई गिरफ्तार गरि सोर खुट्टे प्रहरी बृत्त हिरासतमा एक रात राखेको थियो । यो भारतिय विस्तारवाद र अमेरीकी साम्राज्यवादको श्यामर्कण घोडा जस्तै भई सकेको लण्डुवे राष्ट्रघाति सरकारले जतिसुकै गिरफ्तार गरेपनि आखिरमा जनताको जनआन्दोलनको ताप र रापबाट आजित भएर ःऋऋ सम्झौताको अटट्टीयको अवस्थामा रहन वाध्य भयो ।
यो देशमा आधारातमा सबै जनता सुतेको बेला ठुलाठुला राष्ट्रघाति घटनाहरु र संझौताहरु हुने गरेको कुरा कुनै नौलो हैन । यो त नेपाल सरकारको नानी देखिको बानी हो जनता झुक्याउ र देश बेच भन्ने दलाल प्रबृत्तिको दाउपेच भईनै रहन्छ । यसै अन्तर्गत वि.सं. २०७६ बैशाख २५ गते भारतीय सरकारले पिथौरागटबाट लिपुलेक हुँदै चिनको मानसरोवर जाने बाटो उदघाटन गरी सार्वभौम नेपालको भौगोलिक अखण्डता माथि ठाडो हस्तक्षेप गरेको छ। हाल विश्वमा चलेको कोरोना महामारीको गम्भीर अवस्थामा यस्तो खालको राष्ट्रिय हस्तक्षेप गर्ने काम भारतीय विस्तारवादले गरेको हो । नेपाली भुमीलाई अतिक्रमन गरि चिनसँग ब्यापारीक संझौता गरि निर्माण गरिएको उक्त बाटोको उदघाटन गर्ने भारतिय हस्तक्षेपका विरुद्धमा आन्दोलनमा उत्रियका अखिल क्रान्तिकारीका विद्यार्थी लगायत २५ जनालाई वैसाख २७ गते तिनकुनेबाट र २८ गते वानेश्वरबाट १२ जना विद्यार्थीहरुलाई प्रहरी हस्तक्षेप गरि गिरफ्तार गरिएको थियो । त्यसै गरि भारतीय पक्षको घोषणाको विरोधमा उत्रीयका नेकपा(क्रान्तिकारी माओवादी) ६० जना नेता कार्यकर्तालाई माईतीघर मण्डेलाबाट कार्यक्रम गर्नै नदीएर प्रहरी हस्तक्षेप गरि गिराप्तार गरियको थियो । ‘‘अब आया कबुत्तर पहाडके निचे’’ भने जस्तै गरि सरकार नै अहिले हाम्रो मुद्दालाई अप्रत्यक्ष रुपमा सम्बोधन गरिरहेको छ। यीनीहरुलाई छलकपटको राजनीतिक यात्रा शुरु गर्नुपर्ने वाध्यता भएको हुनाले नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)ले उठाएको मागको सम्बोधन गरेको भन्न लाज मानेका होलान ।
यस्तो नोबेल कोरोनाको महामारीको अति संवेदनशिल परिस्थितिमा चारैतिर भएको आन्दोलनबाट आजित भई सरकारी दलहरुले भारतको उक्त हस्तक्षेपका विरुद्धमा विज्ञप्ती जारी गर्न वाध्य भएका छन् । नेकपा(नेकपा)का २ जना अध्यक्ष प्रचण्ड र वलीले पनि उक्त हस्तक्षेपकारी उदघाटनका विरुद्धमा विज्ञप्तीद्धारा भत्सर्ना गरेका छन् । सरकारले पनि २०७७ बैशाख २९ गते भारतीय दुतावास लाजिम्पाटमा कुटनीतिक नोट बुझाएको कुरा विभिन्न सामाचारपत्रहरुले बताएको छन । त्यसै गरि भारतीय मिडीयाकर्मीहरुले पनि नेपालको पूर्वटिष्टा देखि पश्चिम काँकडा सम्मको भुभाग प्राप्त गर्न सक्ने कुरा वि.सं १९५० को सन्धीमा प्रष्ट उल्लेख भएको कुरा प्रकाशन प्रसारण गरेका छन् । यसरी नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) राष्ट्रयुध्दको आगोको झिल्को बनेका छ । अब भारत पनि आफ्नो वास्तविकता लुकाउन नसक्ने कुराबाट भयभित भएको कुरा विभिन्न राजनीतिक विष्लेषक र अन्तर्राष्ट्रिय मामिलाका ब्यक्तिहरुले बताएका छन् ।
अझै भारतले हेपाहा प्रबृत्तिमा नेपाललाई कान्छो भाई भनेर नेपालको अस्थित्व माथि आफ्नो अहंकार प्रदर्शन गरिरहेको देखिन्छ । क्षेत्रको हिसावले भारत ठुलो होला तर योगदानको हिसावले भारतले नेपाललाई सम्मान गर्नु पर्छ । किनकी नेपालीहरुले भारतको हर लडाईमा रगत पसिना बगाएका छन् । एउटा असल भविभावकत्व निभाएका छन् । नेपाल र नेपालीहरु भारतीयहरु जस्तो अंगे्रजहरुबाट उपहारमा पाएको देश भारत र स्वाभिमान गुमाएका भारतीयहरु होईनन् । एकदिन भारतीयहरु नोक्करशाही निम्न पुँजीवादी क्षेत्रियताबादी चिन्तनबाट निस्कनु पर्ने छ र नेपालीहरुको भारतमाथिको योगदान र मित्रताको कदर गर्नुपर्ने छ।
यसरी सवैतिर विद्रोहको आगो दन्कीसकेको छ । भारतीय हस्तक्षेपका विरुद्ध एक प्रकारको राष्ट्रयुध्दको शंखघोष भईसकेको छ । यसलाई कहि कतैबाट पानी छर्कने काम नहोस । मुखले राम राम वगलीमा छुरा लिने कार्य गर्ने देशका दुस्मनहरुलाई पनि खवरदारी गरौं । राष्ट्रघाती कदमहरुको मसिनो अध्ययन गरेर त्यसका विरुद्धमा पनि कारवाही चलाऔं । राष्ट्रयुध्दको निरन्तरता जवसम्म नेपाल राष्ट्रले पाउनुपर्ने वास्तविक अधिकार पाउँदैन तव सम्म नरोकियोस ।

Womui
Womui