झापामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

41
झापा, असोज २
पूर्व पश्चिम राजमार्गको माईधार सडक खण्डमा शुक्रबार राति विपरीत दिसाबाट आइरहेका मोटर साइकल एक आपसमा जुध्दा एक जनाको घटनास्थलमै मृत्यु गएको छ। इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार दुर्घटनामा अन्य दुई घाइते भएका छन्। शिवसताक्षी नगरपालिकाको माईधारमा शुक्रबार राति पौने १० बजे दुर्घटना हुँदा मे४प२१६ को मोटरसाइकलमा सवार स्थानीय  वडा नम्बर ९ का ३५ वर्षीय सीताराम कुर्मीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा अर्को मे६प२१४५ नम्बरको मोटरसाइकलमा सवार सोहि ठाउँका मनोज बंगाली र मनोज कन्दङ्गवा घाइते छन्।
Womui
Womui