सडक निर्माण तीव्र

29

भगीरथ अवस्थी
बैतडी, असोज २
जिल्लाको सिद्धपुरबाट ढुंगाड जोड्ने सडक निर्माण कार्यले तीव्रता पाएको छ । विफ्याकटालदेखि ढुंगाडसम्म पुर्याउने लक्ष्यसाथ सुरु गरिएको सो सडक सिद्धपुरको नेटा बजारसम्म पुगेको यूवा संघका महाकाली अञ्चल संयोजक देवेन्द्र कँुवरले जानकारी दिए । जिल्ला विकास समितिले सुरुवात गरेको सो सडक सिद्धपुरको खोडानेटासम्म सञ्चालनमा आएको थियो । चालू वर्षमा स्थानीय बासिन्दाको जनश्रमदान र चन्दा संकलन गरी चार किलोमिटर थप निर्माण गरिएको कुँवरले बताए । करिब ४० लाखको लागतमा चार किलोमिटर सडक निर्माण गरिएको र १० लाख जति चन्दा संकलन भएको उनले बताए । बाँकी स्थानीयले जनश्रमदान गरी सडक निर्माण गरेका हुन् ।
जिल्लाको विकट मानिने ढुंगाड गाविसलाई जोड्ने सो सडक नेटा बजारसम्म सञ्चालनमा आएपछि स्थानीय बासिन्दा पनि हर्षित भएका छन् । प्रस्तावित सेती परियोजनालाई जोड्ने सबैभन्दा छोटो सडक भएकाले पनि यो सडक निर्माणतर्फ सबैको ध्यान जानु पर्ने स्थानीयको माग छ । यो सडकलाई पर्यटकीय सडकको रूपमा समेत विकास गर्न सकिने स्थानीयले बताए ।

Womui
Womui