‘सानीभेरीमा जलयात्रा गर्न सकिने’

125

रुकुमपूर्व–  रुकुमपूर्वस्थित सानीभेरी नदीमा र्‍याफ्टिङ गर्न सकिने भएको छ । लुम्बिनी प्रदेश ,पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयको प्राविधिक टोलीले हालै नदीमा जलयात्राका लागि गरेको परीक्षण सफल भएकोे छ । मन्त्रालयका प्राविधिक विवेक शाहले भने, ‘सानीभेरी नदीमा जलयात्रा गर्न सकिने छ । यसका लागि परीक्षण गर्दा सफल भयो । यस वर्ष प्रदेशका विभिन्न नदीमा गरेका परीक्षणलाई केलाउँदा यो नै उत्कृष्ट परीक्षण हो ।’

टोलीले भुमे गाउँपालिका–५ को सौरीखोलाबाट बालुवा, सिस्ने–६ को धाउने र ७ को नाथिगाड हुँदै सिस्नेरीसम्म ¥याफ्टिङ परीक्षण गरेको थियो । सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, गाउँपालिकाका इञ्जिनियर कर्ण केसी, प्रशासन प्रमुख अरुणकुमार ओली, होटल तथा पर्यटन व्यवसायी सुनिल रोका लगायत परीक्षण जलयात्रामा सहभागी थिए । सो अवसरमा गाउँपालिकामा अध्यक्ष बरालले सिस्नेको थप विकासका लागि पर्यटनलाई ध्यान दिन जरुरी रहेको बताए ।

सानीभेरी नदीको करिब १३ किलोमिटर क्षेत्रमा जलयात्रा गरिएकोे थियो । यसअघि रोल्पाको माडीखोला, प्यूठानको माण्डबी नदी र दाङको राप्ती नदीमा जलयात्रा को परीक्षण गरिएको थियो । अहिलेसम्म गरिएका परीक्षणलाई हेर्दा पानीको सतह, बहने गति र भूगोलका दृष्टिकोणले सानीभेरी र्‍याफ्टिङको राम्रो सम्भावना बोकेको नदी भेटिएको प्राविधिकहरूले निष्कर्ष निकालेका छन् । अब दाङको बबई र पाल्पाको कालीगण्डीमा परीक्षण गर्न बाँकी छ । सानीभेरी नदीको तिरमै तातोपानीको मुहान भएकाले पनि जलयात्राका लागि यस नदी उत्कृष्ट हुने जनाइएको छ ।

चिसो तातोपानीमा गएर विसर्जन गर्न सकिने हुँदा सानीभेरी जलयात्राका लागि उत्तम मानिने छ । अब यहाँको परीक्षण प्रतिवेदन प्राविधिक टोलीले मन्त्रालयमा लगेर बुझाउने छ । मन्त्रालयलले प्रदेशभरिका नदीको प्रतिवेदन अध्ययन गरी उत्कृष्ट ठाउँ छनोट गर्नेछ । रासस

Womui
Womui