१० वर्षपछि भारतबाट मिराको उद्धार

41

नेपालगन्ज– भारतबाट १० वर्ष पछि मिरा चमारको उद्धार गरिएको छ । नेपालगन्ज घरवारीटोल निवासी बावुलाल चमार र राधा चमारकी १६ वर्षीया छोरी मिरा चमारलाई उद्धार गरी आइतबार पारिवारको जिम्मा लगाइएको हो ।

मिरा ६ वर्षको उमेरमा बालिका आफ्नै घरबाट हराएकी थिइन् । बालिकालाई आफ्नै मामाले आमाबुवा नभएको बेला घरबाट उठाएर लगेका थिए । ती बालिकालाई भारतको अल्मोडा बालगृहबाट ल्याइएको हो ।

आमासँंग गरिएको डिएनए टेष्ट मिलेपछि मात्रै अल्मोडा बालगृहले बालिकालाई ल्याउन दिएको नेपालगन्ज २ का अध्यक्ष सुनिलसिंह हमालले बताए । १० वर्षपछि छोरी पाउँदा आमा राधा चमार खुसीले हर्षित भएकी छन् । बालिकालाई लिन वडाअध्यक्ष हमालको नेतृत्वमा नेपालगन्ज उपमहानगरपालिकाका महिला विकास अधिकृत पबित्रा पुरी, शक्ति समूहका निर्माला पौडेल, आमा राधा चमार, बालअधिकारकर्मी मोहम्मद सल्मान सल्मानी भारतको अल्मोडा गएका थिए ।

Womui
Womui