सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा अबैध सामान बरामद

88

नेपालगन्ज– भन्सार छली भारतदेखि तस्करी भएर आएको अवैध कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा खटिएको टोलीले अवैध कपडा बरामद गरेको हो ।

राप्ती सोनारी गाउँपालिका वडा नं. २ कचनापुरमा उक्त अवैध कपडा बरामद गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल ४२ नं. रिजर्व गण सीमा सुरक्षा कचनापुर क्याम्पका सशस्त्र प्रहरी नायव निरीक्षक रत्न चौधरीको नेतृत्वमा खटिएको टोलीले भारतबाट भन्सार छली गरेर ल्याएको ना५ख १८३३ नम्बरको यात्रुबाहक बसमा २ लाख बढी रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद गरेको कपडा क्यारिङ गर्नेले ल्याएको खुलेको छ । यस क्षेत्रका कपडा व्यापारीले राजस्व छल्न क्यारिङ गर्नेलाई कपडा ल्याउने जिम्मा दिने गर्दछन् । व्यापारीसँग क्यारिङ गर्नेले पिसको हिसाबले कपडा गन्तव्यसम्म पु¥याउने जिम्मा लिएपछि अवैध रूपमा उनीहरूले तस्करी गर्ने गरेको सुरक्षा स्रोतले जनाएको छ । बरामद गरीएका कपडा भन्सार कार्यालयमा जिम्मा लगाइएको सशस्त्र प्रहरी नायव निरीक्षक रत्न चौधरीले जानकारी दिए ।

Womui
Womui