बास्कोटा मार्केटमा अप्टिमिस्टको कार्यालय

68

नेपालगन्ज– अप्टिमिस्ट क्लब अफ नेपालगञ्जको कार्यालय उद्घाटन गरिएको छ । नेपालगन्जको बास्कोटा मार्केटमा स्थापना गरिएको अन्तर्राष्ट्रिय संस्था अप्टिमिस्ट क्लब अफ नेपालगन्जको कार्यालय बुधबार उद्घाटन गरिएको हो ।

२०२० नोभेम्वर २१ मा अप्टिमिस्ट क्लब अफ इन्टरनेशनलबाट आबद्धता प्राप्त गरेको क्लबको कार्यालय अप्टिमिस्ट ईण्टरनेशनल नेपालका डिष्ट्रिक गभर्नर उदय निरौलाले गरेका थिए ।

कार्यालयको उद्घाटन गर्दै गभर्नर निरौलाले अप्टिमिष्ट क्लबको कार्यालय स्थापना हुनु सुखद भएको बताए । उनले अप्टिमिस्टको अभियानबारे जानकारी गराएका थिए । कार्यक्रममा अप्टिमिस्ट नेपालका सचिव पृथ्वीराज थापा, कोषाध्यक्ष प्रकाश घिमिरे, लेफ्टिनेनण्ट गभर्नर केशव काफ्ले, शरदचन्द भट्राई, अप्टिमिस्ट क्लब अफ हेटौंडाका उपाध्यक्ष ओम चौलागाईं लगायतको उपस्थिती रहेको थियो ।

अप्टिमिस्ट ईण्टरनेशनल नेपालका डिष्ट्रिक गभर्नर उदय निरौलाले क्लबका संस्थापक अध्यक्षलगायतका पदाधिकारीहरुलाई अप्टिमिस्टको पिन प्रदान गरेका थिए ।

क्लबका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कलम शाहीले गरेका थिए भने सञ्चालन क्लबकी निर्देशक दिला शाहले गरेकी थिइन् । कार्यक्रममा धन्यवाद ज्ञापन संस्थापक अध्यक्ष रमेश सिटौलाले गरेका थिए भने समापन अध्यक्ष नमस्कार शाहले गरेका थिए ।

संस्थापक अध्यक्ष रमेश सिटौला र अध्यक्ष नमस्कार शाहले संयुक्त रुपमा अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

 

Womui
Womui