१५० ग्राम ब्राउन सुगरसहित बिसी पक्राउ

111

नेपालगन्ज– १५० ग्राम ब्राउन सुगरसहित २४ वर्षीया प्रवीण बिसी पक्राउ परेका छन् । बाँके प्रहरीले मंगलबार बिहान साढे ५ बजे भारतबाट नेपाल आउँदै गरेको अवस्थामा बिसीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले सीमा क्षेत्रको निगरानीमा रहेको लागु औषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले बर्दिया बढैयाताल गाउँपालिका–१ शान्तिपुरका बिसी उपर शंका लागेपछि खानतलासी गर्दा ज्याकेटको दाँहिने खल्तीमा ३ वटा प्लाष्टिकमा पोका पारी राखिएको ब्राउनसुगर जस्तो सामाग्री बरामद भएको बताए ।

प्रहरीले बिसीकोे साथबाट तीन हजार नगद समेत फेला परेको छ । उनी एक वर्षदेखि लागु औषध सेवन तथा कारोवारमा संलग्न रहेको खुलेको पनि प्रहरीले जनाएको छ । सीमावर्ती रुपैडिया बजारबाट भारतीय नागरिकलाई चार लाख रुपैयाँ दिएर उनले ब्राउन सुगर भारतीय बजार रुपैडिहामा खरिद गरि काठमाण्डौ पठाउने गरी ल्याएको प्रारम्भिक अनुसनधानबाट खुलेको प्रहरी नायव उपरीक्षक न्यौपानेले जानकारी दिए ।

Womui
Womui