जानकीमा एम्बुुुलेन्स संचालन

95


नेपालगन्ज– गाउँपालिकावासीलाई प्रत्यक्ष रुपमा स्वास्थ्य सेवासँग जोड्न जानकी गाउँपालिकाले एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । नागरिकलाई सहज र सुलभरुपमा स्वास्थ्य सेवा दिने उद्देश्यसाथ मंगलबारदेखि एम्वुलेन्स सेवा सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिएका छन् ।

जानकी गाउँपालिकाका कार्यबाहक अध्यक्ष भूमिसरा धितालले मंगलबार आयोजित कार्यक्रममा विधिवत रुपमा पूजाआजा गरी एम्बुलेन्स सेवाको उद्घाटन गर्दै एम्बुलेन्स नपाएरै स्थानीयले ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुने विश्वास लिएको बताइन् ।

गाउँपालिकाले नेपाल सरकारको राजश्व छुट गरेर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत रानाले जानकारी दिए । गाउँपालिकाभित्रका गरिव, विपन्न, अपाङ्ग, ज्येष्ठ नागरिकलगायत जटिल अवस्थामा रहेका स्थानीयहरुको स्वास्थ्यलाई ध्यान दिएर गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको उनले बताए ।

Womui
Womui