पूर्वमुख्यमन्त्री लालु यादवलाई ५ वर्ष जेल

207

नेपालगन्ज– भारतका पूर्वमुख्यमन्त्री लालु यादवलाई पाँच वर्ष जेल सजाय सुनाइएको छ । बिहारका पूर्वमुख्यमन्त्री एवम् राष्ट्रिय जनता दलका प्रमुख यादवलाई चारा घोटाला मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएको हो।

भारतीय सञ्चार माध्यमका अनुसार झारखण्डस्थित सिबिआईको विशेष अदालतले चारा घोटालाको पाँचौं मुद्दामा यादवलाई ६० लाख भारू जरिवाना तिराउने निर्णय पनि गरेको छ।

२०१७ मा चारा र पशुपालन घोटालाका अन्य मुद्दामा दोषी ठहर भएका यादवले ८ महिना जेलमा बिताएका छन् भने ३१ महिना अस्पतालमा बसेका छन्। अहिले उनी जमानतमा रिहा भएका थिए।

सन् १९९० देखि १९९४ को बीच देवघर कोषागार (ट्रेजरी)बाट पशुका लागि चारा बाँड्ने नाममा ८९ लाख २७ हजार भारतीय रुपैयाँ निकालिएको थियो। जतिबेला लालु बिहारका मुख्यमन्त्री थिए। यसपछि सन् १९९६को सुरूदेखि नै यस प्रकरणको हल्ला सुरू भएको थियो।

यस मामलामा कूल ३८ जना आरोपी थिए। सिबिआईले यी सबै विरूद्ध २७ अक्टोबर १९९७ मा मुद्दा दर्ता गरेको थियो।

Womui
Womui