संगठन विस्तार गर्दै बाँके कांग्रेस प्रदेश कार्यसमिति

99

खजुरा– नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश कार्यसमितिको बैठकले शनिबार विभिन्न उप–समिति गठन गरेको छ । बाँके क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश कार्यसमितिका सभापति राजेन्द्र आर्चायको अध्यक्षतामा बसेको बैठकले कमल खत्रीलाई प्रवक्ता एवम् प्रचार प्रसार उप–समितिको संयोजक, विवेक प्रताप मल्ललाई संगठन विभाग प्रमुख, राजु यादवलाई युवा विभाग संयोजक, विष्णु गिरीलाई सांस्कृति विभागको संयोजक, मञ्जु मल्ललाई महिला विभाग प्रमुखको रुपमा चयन गरेको छ ।

यसैगरी कार्यसमिति बैठकले खगी श्रीस रानालाई कार्यसमितिको कोषाध्यक्ष, सदस्यहरुमा इन्दिरा खड्का, पार्वती राजवंशी, गोबरे कुमार बर्मालाई नियुक्त गरिएको छ ।

कार्यसमितिको विधान अनुसार कोषाध्यक्ष र पाँच सदस्य पछि कार्यसमितिले मनोनियत गर्ने व्यवस्था छ । जस अनुसार शनिबार बसेको बैठकले सदस्यहरु मनोनित गरेको हो । बाँकी सदस्य आगामी बैठकबाट गरिने अध्यक्ष राजेन्द्र आर्चायले बताए ।

यसैगरी शनिबार खजुरा मानपुरस्थित पार्टी कार्यालयमा बसेको बैठकले १२ जनाको कार्यसम्पादन टिम निर्माण गरिएको छ ।

शनिबारको बैठकले प्रदेश कार्यसमिति अन्तर्गत खजुरा र जानकी गाउँपालिकाको १२ वडा कार्यसमिति, पालिका स्तरीय नेता तथा कार्यकर्तालाई प्रशिक्षण कार्यक्रम गर्ने समेत निर्णय गरेको अध्यक्ष आर्चायले बताए ।

शनिबार बसेको बैठकमा आमन्त्रित अतिथिका रुपमा बाँके क्षेत्र नम्बर ३ का केन्द्रीय महाधिवेशन प्रतिनिधि लक्ष्मी नारायण शाह, उमा थापा, रामेश्वर कँडेल, दुखीराम लोनिया, झुपमाया जिएम, चिनु कुँवर, कृष्ण विके रसाईली, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य छब्बन खाँ, नेपाली कांग्रेस खजुरा गाउँपालिका अध्यक्ष रमेश सिजाली, जानकी गाउँपालिका अध्यक्ष दयाराम यादव लगायतको उपस्थिती रहेको थियो ।

 

Womui
Womui