रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

39

नेपालगन्ज–  रुकुम (पूर्व) मा ट्याक्टरले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । बुधबार जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ रानीकोटमा रा १ त १५६३ नम्बरको ट्याक्टरले ठक्कर दिदा सिस्ने ५ सिलाका ४५ बर्षका प्रेम परियारको मृत्यु भएको हो ।

मध्यपहाडि लोकमार्गमा रोकेर गिट्टी लोड गरी पछाडी सार्ने क्रममा ट्याक्टर पल्टिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक दिपेन्द्र बानीयाँले जानकारी दिए । उनका अनुसार पल्टिएको ट्याक्टरले ठक्कर दिँदा सडकमा काम गरिरहेका परियारको मृत्यु भएको हो ।

यस्तै ट्याक्टरले ठक्कर दिदा परियारकी पत्नी ४३ वर्षीया सिता परियार घाइते भएकी छिन् ।

ट्याक्टर चालक रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ११ का हेमन्त बाँठालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करिब १ किलोमिटर तल खसेको थियो ।

Womui
Womui