राष्ट्रिय वाणिज्य बैंकमा तोडफोड गर्ने पक्राउ

57

नेपालगन्ज– नेपालगन्जमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा शुक्रबार बिहान तोडफोड भएको छ । बैंक लुट्ने प्रयास गर्दै तोडफोड गरेर भागेका  टिकापुर–९, कैलालीका २६ वर्षीय सन्जु बिकलाई बाँके प्रहरीले खुकुरीसहित पक्राउ गरेको छ ।

बिकले बिहान करिब ५ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ मा रहेको राष्ट्रिय बाणिज्य बैंकभित्र प्रवेश गरी विभिन्न महत्वपूर्ण कागजात च्यात्नुका साथै दराज तोडफोड गरी भागेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक मधुसूदन न्यौपानेका अनुसार खुकुरीसहित पक्राउ परेका बिकका बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।

Womui
Womui