विशालनगर चोकमा हाइमास्ट लाइटको शिलान्यास

28


नेपालगन्ज– नेपालगन्ज वडा नम्बर १८ को विशालनगर चौकमा हाइमास्ट लाइटको शिलान्यास गरिएको छ । स्थानीय टोलवासीको उपस्थितिमा वडा नम्बर १८ का वडा अध्यक्ष दीपक बर्माले हाइमास्ट लाइटको शिलान्यास गरेका हुन् ।

विशालनगर चौक सुरक्षाको दृष्टिकोणले अति संवेदनशील भएको र सो चौक वडा नं. १८ र वडा नं. १ को सीमामा पनि रहेको साथै सोही चौकबाट जानकी गाउँपालिकाको बनियागाउँ, गुरुवागाउँ, बुढियागाउँका बासिन्दाहरु राति अबेरसम्म आवत जावत गर्ने हुनाले हाइमास्टको आवश्यकता अनुसार जडानको लागि शिलान्यास गरिएको वडा अध्यक्ष बर्माले जानकारी दिए । उनले यही चालू आर्थिक वर्षमा केही दिन पहिला तेजनगरमा एक कार्यक्रमका बीचमा शिलान्यास गरेका थिए जुन निर्माण सम्पन्न भइसकेको र केही दिनमा बत्ती सुचारु हुने अवस्थामा रहेको बताए !

वडा नं. १८ मा वडाको बजेटबाट ४ वटा हाइमास्ट लाइट जडान भइसकेको र अन्य टोलमा पूर्वाधार निर्माण कार्य पनि तीव्र रुपमा संचालन भइरहेको वडा सदस्य दिग्विजय ढुंगानाले बताए ।

Womui
Womui