चमेलीको नेतृत्वमा राप्तीसोनारी अखिल नेपाल महिला संघ 

109

नेपालगन्ज– बाँकेको राप्ती सोनारी गाउँपालिका महिलाहरुको बृहत् भेलाले पालिका स्तरीय अखिल नेपाल महिला संघ विस्तार गरिएको छ । नेकपा एमाले निकट अखिल महिला संघ पालिका स्तरीय कमिटीको अध्यक्षमा चमेली बागबल चयन गरेको छ । बाकबलको अध्यक्षतामा ३५ सदस्य पालिका कमिटी विस्तार गरेको हो ।

अखिल नेपाल महिला संघ लुम्बिनी प्रदेश सदस्य तथा एमाले जिल्ला सदस्य विजुला अधिकारीको अध्यक्षतामा महिलाहरुको भेला संचालन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा अनेमसंघ केन्द्रीय सचिवालय सदस्य दिपा शर्माले लोकतन्त्रको रक्षा गर्न र महिला नेतृत्वको विकास गर्नका लागि अनेमसंघको महत्वपूर्ण राजनितिक योगदान रहेको बताएकी छन। शर्माले निर्वाचित अनेमासंघका पदाधिकारीहरुलाई स्थानीय निर्वाचन लक्षित हुन समेत आग्रह गरेकी छन् ।

विशिष्ट अतिथि एमाले केन्द्रिय सदस्य एव बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले एमाले लाई घेराबन्दी बाट कुनै असर नपर्ने बताए । उनले गठबन्धनको औचित्य नरहेको बताए। उनले बितेका ६ महिनामा आम नागरिकहरुलाई गठबन्धनले चर्को महँगी उपहार दिएको बताए । ढकालले लोकतन्त्र र विर गोरखार्लीको योगदान बाट प्राप्त देशको सीमा रक्षा एमाले पार्टीले मात्र बचाउन सक्ने बताए । उनले चरम भ्रष्टाचार र आम नेपालीहरुको श्रमबाट चलेको सरकारले कुनै पनि नागरिक राहतका कार्यक्रमहरु नल्याएको बताउदै गरिब जनता माराका रुपमा गठबन्धन सरकार रहेको समेत दाबी गरेका छन् ।

कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्य बसन्ती अधिकारी ,रामदास थारू, अनेमासंघ केन्द्रिय सदस्य भारती खनाल , अनेमासंघ जिल्ला अध्यक्ष भगवती बराल , राष्ट्रिय युवा संघ नेपाल बाँके इन्चार्ज खेमराज शर्मा जिल्ला कमिटी सदस्य तुल्सीराम थारू लगाएतले आ आफ्नो धारणा राखेका थिए । कार्यक्रममा नेताहरु भरत बुढाथोकी, हर्क बिष्ट अजय गद्दी, राप्तीसोनारी गाउँपालिका अध्यक्ष मनोज केसी, सचिव सुधा थारू, सह सचिव पूर्ण थारूलगायत पार्टीका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

Womui
Womui