सृजनशीलले वार्षिक उत्सवमा ६७ जनाद्वारा रक्तदान

39

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ६ मा रहेको नयाँ सृजनशील सामाजिक उद्यमी महिला सहकारी संस्था लि. ले ६७ पिन्ट रक्त संकलन गरेको छ । संस्थाले आफ्नो १०औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी ६७ पिन्ट रक्त संकलन गरेको हो ।

सहकारी संस्थाको आयोजना र नेपाल रेडक्रस सोसाइटी नेपालगन्जको प्राविधिक सहयोगमा ६७ जनाले रक्तदान गरेको सहकारीका व्यवस्थापक दिव्या गुरुङले जानकारी दिइन् । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड –१९ को विषम परिस्थितिमा चौथर्फी रुपमा बढिरहेको रक्त अभावलाई न्यूनीकरण गर्ने उद्देश्यसाथ सहकारीले आफ्नो वार्षिक उत्सवमा रक्तदान कार्यक्रमको आयोजना गरेको व्यवथापक गुरुङले बताइन् ।

कार्यक्रममा रक्तदाताहरुलाई सामाजिक दूरी कायम गर्दै व्यक्तिगत सुरक्षालाई ध्यानमा राखी रक्तदान गरिएको थियो । कोरोनाको विषम परिस्थितिमा रक्त अभावले कसैले मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्यसाथ रक्तदान कार्यक्रममा सहभागी भएको सहभागी रक्तदाता सहकारीका सदस्यले बताएका छन् ।

Womui
Womui