माओवादी केन्द्र राप्ती सोनारीको अध्यक्ष्यतामा घर्ती

109

नेपालगन्ज– नेकपा माओवादी केन्द्र राप्ती सोनारीको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट राप्ती सोनारी गाउँपालिका समितिको अध्यक्षमा चिम बहादुर घर्ति चयन भएका छन । बुधबार सम्पन्न माओवादी केन्द्रको दोस्रो गाउँपालिका सभाले घर्तिको नेतृत्वमा ५५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा जनक बहादुर थारु, धुव्र विक्रम चन्द, ओमकृष्ण खत्री, सचिवमा सुर्य प्रकाश घर्ति, सहसचिवमा राम लखन थारु तथा कोषाध्यक्षमा धनसिंंह वली चयन भएका छन । यसअघि शनिबार पूर्व उप–सभामुख पूर्णा सुवेदी, लुम्विनी प्रदेश सांसद कृष्ण केसी नमुना, माओवादी केन्द्रका लुम्बिनि प्रदेश सदस्य पट्टु थारु लगायतले गाउँपालिका सम्मेलनको उद्घाटन गरेका थिए ।

Womui
Womui