३४ घरपरिवारले पाए खानेपानीको धारा

144

नेपालगन्ज– स्वच्छ पिउने पानीमा स्थानीयको पहुँच सहज बनाउने उद्देश्यले एक घर एक धारा कार्यक्रमलाई राप्तीसोनारीमा प्रभावकारी बनाइएको छ । राप्तीसोनारी वडा नम्बर ४ मा सोही कार्यक्रम अन्तर्गत ३४ वटा धारा वितरण गरिएको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष कान्छा थारुले ३४ घरपरिवारलाई खानेपानीको धारा वितरण गरेका हुन् । धारा वितरण कार्यक्रममा वडा अध्यक्ष थारुले स्वच्छ पानी पिउनु पर्नेमा जोड दिए । उनले भने,‘प्राकृतिक स्रोत साधनमा सबैको समान पहुँच हुन्छ । कोही पनि प्राकृतिक स्रोतसाधन उपभोग गर्नबाट वञ्चित हुनु हुँदैन ।’ रकम अभावका कारण प्राकृतिले दिएको स्वच्छ पिउने पानी पिउनबाट कोही वञ्चित नहुन भन्ने उद्देश्यले पनि एक घर एक धारा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिएको बताए ।

Womui
Womui