जुम्लामा बस दुर्घटनाः दुईको मृत्यु

117

नेपालगन्ज– जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।
कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगन्ज जाँदै गरेको ना६ख ४४३८ नम्बरको बस सिंजा गाउँपालिका–२, जुम्ला घोडेंगा गाउँमा दुर्घटना भएको हो ।
प्रारम्भिक जानकारीअनुसार घटनास्थलमा नवीन रावल र विशाल बमको मृत्यु भएको उनले बताए ।

बसमा चारजना मात्र सवार थिए । घाइतेको उद्धार गर्न प्रहरी निरीक्षक युवन चौधरी नेतृत्वको प्रहरी टोली त्यसतर्फ गएको छ । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान एम्बुलेन्स पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

Womui
Womui