नेपालगन्ज म्याराथनको उपाधि बोगटी र श्रेष्ठलाई

59

नेपालगन्ज– नेपालगन्ज म्याराथन सातौं संस्करणको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) का किरणसिंह बोगटी र धादिङकी सन्तोषी श्रेष्ठले जितेका छन् । म्याराथनको उपाधि हात पार्ने बोगटी र श्रेष्ठ दुबै १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का विजेता समेत हुन । बाँकेको नेपालगन्जस्थित वीपी चोकमा आयोजित म्याराथनमा बोगटीले २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा ४२.१९५ किलोमिटर पूरा गरेका हुन् । नेपालगञ्ज म्याराथनमा त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावल दोस्रो भएका छन् । उनले २ घण्टा ३३ मिनेट २८ सेकेण्डमा म्याराथन पूरा गरे । म्याराथनमा एपिएफकै सन्तोष विक्रम विष्ट तेस्रो बनेका छन् ।

त्यस्तै, महिलातर्फ हाफ म्याराथनको उपाधि धादिङकी सन्तोषी श्रेष्ठले जितेकी छन् । एपीएफकी पुष्पा भण्डारीलाई पछि पार्दै उनले एक घण्टा १८ मिनेट ४८ सेकेन्डमा हाफ म्याराथन पूरा गरेकी हुन् । त्यस्तै सुर्खेतकी विन्दु हमालले १ घण्टा ३६ मिनेट ३९ सकेन्डमा निर्धारित द्ररी पूरा गरी तेस्रो भएकी थिइन् ।

विभिन्न १० वटा विद्यामा भएको नेपालगन्ज म्याराथनमा १ हजार १७० जनाले भाग लिएका थिए । फूल म्याराथनतर्फ विजेतालाई एक लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार र सातौंलाई ७ हजार प्रदान गरिएको छ । त्यसैगरी हाफ म्याराथन (महिला) तर्फ विजेताले ५१ हजार, उपविजेताले २५ हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार, छैटौंले ७ हजार र सातौंले ६ हजार प्राप्त गरेका छन । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपालगन्ज म्याराथनको उद्घाटन गरेको कार्यक्रममा महानायक राजेश हमालको समेत सहभागिता रहेको थियो ।

Womui
Womui