नेपाली कांग्रेस १४औं महाधिवेशनः बाँकेका ५२ वडामा कार्यसमिति र क्षेत्रीय समिति निर्विरोध

55

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ८१ मध्ये ५२ वटा वडामा वडा कार्यसमिति र क्षेत्रीय समिति निर्विरोध निर्वाचित गरिएको छ । शनिबार सुरु भएको निर्वाचन कार्यक्रममार्फत करिव ६० प्रतिशत वडामा निर्विरोध निर्वाचित गरिएको होे ।

जिल्ला निर्वाचन परिचालन समितिका सदस्य एवम् नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बीरेन्द्र यादवका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडामध्ये १७ वटामा निर्विरोध चयन गरिएको छ । जस अनुुसार वडा नम्बर ११, ७, ३, २२, २१, ४, ५, ८, १०, १२, १५, १६, १७, १८, १९, २० र २३ मा निर्विरोध भएको छ ।

नरैनापुर गाउँपालिकाको ६ वटा वडामध्ये ४ वटामा निर्विरोध भएको छ । जस अनुसार वडा नम्बर १, ३, ४ र ५ मा निर्विरोध भएको हो ।

जानकी गाउँपालिकाको वडा नम्बर १ र ५ मा पुर्ण रुपमा निर्विरोध भएको छ, भने वडा नम्बर ६ मा वडासभापति बाहेक अन्य सबै पदमा निर्विरोध भएको छ । खजुरा गाउँपालिकाको ८ वटा मध्ये ६ वटा वडामा निर्विरोध भएको छ ।

खजुराको वडा नम्बर १, २, ५, ६, ७ र ८ मा निर्विरोध भएको हो । डुडुवा गाउँपालिकाको १ देखि ६ सम्मका पुरै वडामा निर्विरोध भएको छ ।

राप्ती सोनारीको ९ वटा वडामध्ये ५ वटामा निर्विरोध भएको छ । राप्ती सोनारीको वडा नम्बर १, ३, ५, ७ र ९ मा निर्विरोध भएको हो ।

कोहलपुर नगरपालिकाको १५ वटा वडामध्ये ५ वटामा निर्विरोध भएको छ । कोहलपुरको वडा नम्बर १, ४, ७, ९ र १५ मा निर्विरोध भएको हो ।

बैजनाथ गाउँपालिकामा रहेका ८ वटा वडामध्ये ७ वटामा निर्विरोध भएको छ । उक्त गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ मा निर्विरोध भएको निर्वाचन परिचालन समितिका सदस्य यादवले जानकारी दिए । जिल्लाभरी नै निर्वाचन कार्यक्रम शान्तिपूर्ण रुपमा भएको जिल्ला सहायक निर्वाचन अधिकृत (अधिवक्ता) चित्रबहादुर शाहीले बताए ।

शनिबार करिव ६० प्रतिशत वडामा निर्विरोध रुपमा कार्यसमिति र क्षेत्रीय प्रतिनिधी चयन भइसकेको उहाँले जानकारी दिए । निर्विरोध हुन नसकेका बाँकी २९ वटा वडामा आइतबार(भोली) मतदान हुने शाहीको भनाइ छ । निर्वाचन परिचालन समितिका अनुसार बिहान ९ बजेदेखी दिउँसो ४ बजेसम्म मतदान चल्नेछ । मतदान पश्चात गणना तथा मत परिणाम घोषणा गरिनेछ । बाँकेको वडादेखी जिल्ला तहसम्मको संशोधित निर्वाचन तालिका अनुसार कात्तिक २८ गते वडा, मंसिर १ गते गाउँपालिकारनगरपालिका, मंसिर ४ गते प्रदेश सभा, मंसिर ७ गते क्षेत्र र मंसिर ११ गते जिल्लाको निर्वाचन हुनेछ ।

Womui
Womui