‘ऋतिककी पूर्वपत्नी बिहे गर्दै’

96
एजेन्सी(मुम्बई), भदौ ३०
arjun hrithik
ऋतिक रोशन र उनकी पूर्वपत्नी सुजैन खानले सम्बन्धबिच्छेद गरेको एक वर्ष बित्यो । यतिबेलासम्म दुवैको दोस्रो  बिहे गर्ने खबर बाहिरिएको थिएन । तर पूर्वपत्नी खानले भने छिट्टै दोस्रो बिहे गर्न लागेको खबर भारतीय सञ्चारमाध्यमले बाहिर निकालेका छन् ।भारतीय सञ्चार माध्यमका अनुसार सुजैनले ऋतिकका नजिकका साथीसँग बिहे गर्दैछिन् । अर्जुन रामपालका कारण सम्बन्धमा दरार आएकाले उनले अर्जुन रामपालसँग त बिहे गर्न लागेकी होइनन् भन्ने प्रश्न पनि बलिउडमा उब्जिएको छ भने अर्कातिर अर्जुनले पनि आफ्नी पत्नी मेहरसँग सम्बन्धबिच्छेद गर्नका लागि अदालतमा आवेदन दिएको खबर बाहिर आइरहेको छ। ऋतिक र सुजैनबीच तनाव बढेसँगै अर्जुनको दाम्पत्यमा तनाव बढेकाले पनि सुजैनले अर्जुनसँगै बिहे गर्ने अड्कल धेरैले काटेका छन् । बच्चैदेखिको साथी रहेका ऋतिक र सुजैनको वैवाहिक सम्बन्ध १४ वर्ष पछि टुंगिएको थियो ।
Womui
Womui