बाढी/पहिरो प्रभावितको उद्धार गर्न प्रधानमन्त्रीले दिए निर्देशन

58

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो र डुबानबाट हराइरहेकाको उद्धार, प्रभावितलाई राहत तथा घरबारविहीनको पुनः स्थापनामा लाग्न निर्देशन दिएका छन्।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री देउवाले विपद् व्यवस्थापनमा बजेटको अभाव हुन नदिन अर्थ मन्त्रालयलाई समेत निर्देशन दिए।

राजमार्ग, विद्युत्, टेलिफोन सेवा सञ्चालन गर्न तत्कालै कार्य अघि बढाउने निर्णय बैठकले गरेको छ । बैठकमा विभिन्न १९ जिल्लामा ५२ जनाको मृत्यु भएको र अझै ३० भन्दा बढी हराइरहेका जानकारी गराइएको परिषद्का सदस्यसचिव अनिल पोखरेलले जानकारी दिए ।

Womui
Womui