बाढी, पहिरो र डुबानबाट ७७ को मृत्यु, २६ बेपत्ता

48

काठमाडौं– बाढी, पहिरो र डुबानबाट हालसम्म ७७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २६ जना बेपत्ता भएका छन् भने २२ जना घाइते भएका छन् । सरकारले सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन गरी विपद् प्रभावितहरूको खोज, उद्धार र राहतको कार्य गरिरहेको मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको हो ।

Womui
Womui