नन्कुन्नी र निर्मलाका हत्यारालाई कारबाही हुन्छ : गृहमन्त्री खाण

99

काठमाडौं– बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको हत्यारालाई पक्राउ गरी कारबाही गरिने गृहमन्त्री बालकृष्ण खाणले बताएका छन् । मन्त्री खाणले हत्यामा संलग्नहरुलाई तत्काल अनुसन्धान गरी कानुन बमोजिम कडा कारबाही गर्ने बताएका हुन् ।

आइतबार सिंहदरवारमा पुगेर महिला अधिकारकर्मीहरुले सो घटनाका दोषीमाथि कडा कारबाही गर्न गृहमन्त्री खाँणलाई ज्ञापन पत्र बुझाएका थिए । अनाहकमा कसैले पनि जीवन गुमाउन नपरोस् भन्ने कुरामा सरकार गम्भीर रहेको बताउँदै मन्त्री खाणले महिला दिदीबहिनीहरुको रक्षाका लागि राज्य र सरकार गम्भीर रहेको बताए ।

महिला अधिकारकर्मीहरुले पीडिताको न्यायका लागि दोषीमाथि कडा कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए । महिला सुरक्षा दवाव समूहकी सुशीला श्रेष्ठले दोषीमाथि कडा कारबाही गरी पीडितलाई न्याय दिनका लागि ज्ञापन पत्र बुझाएको बताइन् । त्यस्तै नेपालगन्जबाट २० दिनको पैदल यात्रापश्चात् शान्तिपूर्ण प्रर्दशन गरिरहेका महिला अधिकारकर्मीहरुलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको उल्लेख गर्दै तत्काल रिहा गर्न पनि माग गरिएको छ ।

Womui
Womui