बुटवलमा ४ को मृत्‍यु

68

बुटवल – रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुमवासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । गोली लागेर घाइते भएकामध्ये चार जनाको मृत्यु भएको हो । तीन जनाको अस्पताल ल्याउँदै गर्दा र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । झडपका क्रममा १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुमवासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।
आइतबार ४ बजेदेखि लागू हुने गरी पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यू लगाइएको हो । अतिक्रमण औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएको र गोली चलाउनु परेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

Womui
Womui