लबनी प्रहरी चौकीमा आगजनी

37

कपिलबस्तु, भदौ ३०

लबनीस्थित अस्थायी प्रहरी चौकीमा गए राति आगजनी भएको छ । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले उक्त आगजनी गरेका हुन् । ३३ दिने लगातार कपिलवस्तु बन्द गर्दै आन्दोलनमा उत्रिएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आफ्ना मागलाई सरकारले बेवास्ता गर्दै संविधान निर्माण प्रक्रियामा अघि बढाएको भन्दै त्यसको विरोधमा उनीहरु आगजनीमा उत्रेका थिए । प्रदर्शनकारीले गरेको आगजनीले पुरै प्रहरी चौकी ध्वस्त भएको छ ।

Womui
Womui