विष्फोटक पदार्थ, गोली र पेस्तोल बरामद

38
विराटनगर, भदौ ३०
सुनसरीको एक घरबाट कटुवा पेस्तोल, गोली, विष्फोटक पदार्थ र सिके राउतसम्बद्ध दस्तावेज बरामद भएको छ । ती सामग्री भोक्राहा–६ बस्ने देवराम यादवको घरबाट बरामद भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । गोप्य सूचनाको आधारमा प्रहरीले मङ्गलबार उनको घरमा छापा मार्दा एक थान नलकटुवा पेस्तोल, दुई राउन्ड गोली, एकथान सकेट बम, जिआइ पाइपको टुक्राका साथै बिजुलीका तारका टुक्रा फेलापरेका छन् । सो घरबाट ‘अधुरो मधेस यात्रा’, सङ्घीय नेपाल स्वायत्त मधेस प्रदेश नामक पाँच थान पुस्तक, मधेसको एकथान नक्सा, ‘मधेस अपना देश’ लेखिएको व्यानर र सिके राउतको तस्विरसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीको संयुक्त टोलीले छापा मारेको थियो । घरधनी यादव फरार भएकाले उनको खोजी भइरहेको बताइएको छ । रासस
Womui
Womui