हडियाबाबा आश्रमलाई पर्यटकीय गन्तब्यको रुपमा चिनाउन कस्सिए युवा

138

नेपालगन्ज– नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ फुल्टेक्रामा रहेको पर्यटकीय स्थल १००८ हडियाबाबा आश्रमको प्राङ्गणमा गत शनिबार गठन गरिएको युवा नागरिक समितिले पहल गरी विभिन्न सकारात्मक कार्यहरुलाई अग्रता दिएको छ । युवा नागरिक समिति गठन भएदेखि स्थानीय पर्यटकीय स्थल हडिया बाबा आश्रममा सरसफाई, रंगरोगनलगायत कार्य सम्पन्न गरिसकेको तथा शुक्रबार सोही आश्रम प्राङ्गणमा भब्यता साथ नागपञ्चमी पूजा समेत मनाएका छन् । नागपञ्चमी पूजा हिन्दू धर्मावलम्बीहरुको आस्थाको रुपमा वातावरण मैत्री पूजा रहेको बताइन्छ ।

हिन्दू धर्मावलम्बीहरुले बिहान उठेर नाग मन्दिर वा नाग स्थानमा गई धार्मिक परम्परा अनुसार दुध चढाउने, फुल, अगरबत्ती, चन्दन, टिकालगायत पूजाका सामाग्री प्रयोग गरी हडियाबाबा आश्रममा रहेको नाग मन्दिरमा पूजा गरेका छन् । सोही अनुसार गुडिया पर्व समेत भब्य रुपमा मनाएका छन् ।

स्थानीय युवाहरुको पहलमा आश्रम प्रा·णमा रहेको बिरुवामा डोरी लगाई झुलाको व्यवस्था गरिएको समितिका अध्यक्ष मदनराज शर्माले जानकारी दिए । शर्माका अनुसार गुडिया पर्वको अवसरमा वडा नं. ६ मा रहेका सम्पूर्ण युवाहरुको जमघट भई भब्य रुपमा नागपञ्चमी पूजा तथा गुडिया मनाएका छन् । फुल्टेक्राका युवाहरुको सक्रियामा हाल वडा नं. ६ मा रहेको धार्मिक स्थलहरुको मूल्यांकन सुरु गरिएको छ । आवश्यकता अनुसार कुन मन्दिरलाई के गर्नुपर्ने छ त्यसको लगत तयारी गरी सोही अनुसार कार्य सम्पादन गर्ने समितिका सदस्य हितेश भारतीले जानकारी दिए ।

नागपञ्चमी र गुडिया पर्वको अवसरमा स्थानीय पर्यटकीय स्थल हडियाबाबा आश्रममा युवाहरुको साँझ भेला भई दिनभरी भए गरेका कार्यहरुको स्वमूल्यांकन गरी गुडिया पर्वमा प्रमुख रुपमा खाने चनालाई प्रसादको रुपमा स्थानीय महिला, बालबालिका, युवालगायत सम्पूर्ण उपस्थितिहरुलाई वितरण गरेको समितिका सदस्य सुरेश न्यौपानेले जानकारी दिए ।

यसैगरी शनिबार(आज) बिहान वडाबासीहरुको पुनः छलफल र सुझावको लागि भेला गराइएको थियो । उक्त भेलाद्वारा विभिन्न निर्णयहरु समेत गरिएको छ । जसमा आयव्यय सम्बन्धमा र पदपूर्ति सम्बन्धमा प्रमुख निर्णयहरु रहेको सदस्य भारतीले जानकारी गराए । उक्त सम्पूर्ण तयारीमा समितिका पदाधिकारी कोषाध्यक्ष अनुपराज शर्मा, दिलिप रेग्मी, बृजेश त्रिपाठी, कुबेर सोनी, रञ्जीत गिरी, चन्द्रेश्वर राज त्रिपाठी, विक्रान्त श्रीवास्तव, हितेश भारती, सुरेश न्यौपाने, वडा अध्यक्ष समिरप्रताप सिंह, वडा महिला सदस्य श्रीमति सावित्री अधिकारी, सुबोध बर्मा, शुभम् गुप्तालगायतको सहयोग र सहकार्य रहेको अध्यक्ष शर्माले बताए ।

Womui
Womui