नेपाल तरुण दलः कार्यकर्ता भेटघाट, रक्तदान तथा पार्टी प्रवेश

119

नेपालगन्ज– नेपाल तरुण दल राप्ती सोनारी गाउँपालिका ३ नम्बर वडा कमिटीको आयोजनामा शनिबार कार्यकर्ता भेटघाट तथा रक्त दान कार्यक्रम गरेको छ। भेटघाटका क्रममा देशको आर्थिक विकास र समृद्धिका लागि सबै कार्यकर्ता एकजुट हुनु पर्ने बताइएको छ भने कोभिडको समयमा रक्त अभाव नहोस् भन्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदानसमेत गरेका छन् ।

कार्यकर्ता भेटघाटका अवसरमा कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाल तरुण दल बाँकेका वीरेन्द्र शाहले युवानै लोकतन्त्र र परिवर्तनको संवाहक भएको बताए । न्याय समानता र समतामूलक समाजको जग निर्माण गर्ने शक्ति युवा वर्गमा भएकाले निष्पक्ष र निस्वार्थ तवरले पार्टीको हितमा युवा वर्गलाई लाग्न आग्रह गरे ।
कार्यक्रमका विशिष्ठ अतिथि फुलाराम थारुले अब देश बनाउने जिम्मेवारी कांग्रेसमा आएकाले पाटीमा आवद्ध युवा वर्ग एवम् कार्यकर्तालाई देश निर्माणका लागि कस्सिन सुझाए भने नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले युवाहरूको सहभागिता र संलग्नता बेगर भएको संसारको कुनै पनि परिवर्तनहरूले संस्थागत रुप लिई दिगो हुन नसकेको बताउँदै युवा शक्तिलाई एकजुट हुनु पर्ने बताए ।

नेपाली कांग्रेस बाँकेका सचिव तप्त पौडेलले पार्टी बलियो बनाउन सचेत कार्यकर्ता होमिने बेला आएको बताउँदै युवाको उत्साह र हौसलालाई उद्देश्यमा परिणत गर्दै तरुण दलले समाज रुपान्तरणमा ध्यान दिने समय आएको बताए ।

त्यस्तै नेपाली कांग्रेस जिल्ला सदस्य एवम् राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले संविधान र लोकतन्त्रको संरक्षण गर्दै नेपालको आर्थिक विकास र समृद्धि पथमा मुलुकलाई अगाडि बढाउन युवा वर्गको महत्वपूर्ण भूमिका रहने भन्दै लोकतन्त्रप्रेमी युवाहरूलाई एउटै एजेण्डामा एकाकार हुन आव्हान गरे ।
कार्यक्रममा नेपाल तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्र शाह (प्रमुख अतिथि ), नेपाल तरुण दल बाँकेका उपसभापति फुलाराम थारु (विशिष्ठ अतिथि), नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति माधवराम खत्री, नेपाली कांग्रेस जिल्ला सचिव तप्त पौडेल, नेपाली कांग्रेसका जिल्ला सदस्य तथा राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, र जिल्ला, क्षेत्र तथा स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा १३० जनाले विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

Womui
Womui