बिद्युत कटौती रोक्न संघको ध्यानाकर्षण

48

नेपालगन्ज, भदौ २९–
नेपालगन्ज उद्योग वाणिज्य संघले बिद्युत आपुर्तिमा उत्पन्न समस्याले विकराल रुप लिदै गएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले मंगलबार विज्ञप्ती प्रकाशित गरेर यस्तो ध्यानाकर्षण गराएका हुन् । बिद्युत अनियमितताले आम उपभोक्ताका साथै उद्यमी, व्यवसायीहरु आक्रान्त बनिरहनु परेको संघको ठहर छ ।
केहीदिन देखि दैनिक १०/१२ घण्टा सम्म बिद्युत आपुर्ति नहुँदा बिद्युत प्राधिकरणको सेवा र कार्यक्षमतामा प्रश्न चिन्ह खडा भइरहेको र उपभोक्ताहरुमा आक्रोश बढिरहेको विज्ञप्तीमा उल्लेख छ । प्राधिकरणबाट प्रकाशित दैनिक ४ घण्टाको लोडसेडिङ तालिका विपरित विना सुचना अहिले भारी मात्रामा बिद्युत कटौती गरिएको भन्दै तत्काल रोक्न संघले माग गरेको छ ।

Womui
Womui