हिन्दू धर्मावलम्बी महिलाहरु धूमधामसाथ तीज मनाउँदै

32

नेपालगन्ज, भदौ ३०

हिन्दू धर्मावलम्बी महिलाहरुको महान् पर्व तीज आज व्रत बसेर र नाचगान गरेर मनाइरहेका छन् । दिनभर पानी नखाइ पतिको दीर्घायुको लागि व्रत बसेर महिलाहरुले तीज मनाइरहेका हुन् ।  स्थानीय बागेश्वरी मन्दिरमा शिव दर्शनका लागि बिहानैदेखि महिलाहरुको भीड लागेको छ । हिन्दू धर्मावलम्बी महिलाहरु आज दिनभर व्रत बस्दै समूहमा नाचगान गर्दछन् । यही अवसरमा महिलाहरुले मनको वेदना साथीसङ्गीसँग गीतको भाकामा साटासाट गर्ने गर्छन् । जिल्ला स्थित स्थानीय मन्दिरमा महिलाहरु जम्मा भएर तीज मनाइरहेका छन् ।

Womui
Womui