लाइन्स क्लबको अध्यक्षमा विन्दु चर्तीमगर

127

नेपालगन्ज– लाइन्स क्लब अफ नेपालगन्ज युनिटीको अध्यक्षमा व्यवसायी विन्दु चर्तिमगर चयन भएकी छिन् । अध्यक्षमा चर्तिमगरसहित २० सदस्य समिति चयन गरिएको छ ।

एक कार्यक्रमका बीच क्लबका पूर्व डिष्ट्रिक गभर्नर मधुसुधन शर्मा र सेम शाक्यले अध्यक्षसहितका समिति पदाधिकारीलाई पदभार गराएका थिए ।पदभार पश्चान नवनियुक्त अध्यक्ष चर्तिमगरले विशेषगरी मानव सेवामा आफू समर्पित हुने बताइन् । ‘अब मेरो कर्तब्य पूर्णरुपमा मानवीय सेवामा समर्पित हुनु हो । विपद्‍मा परेका व्यक्ति, दैविक प्रकोपबाट प्रभावित, स्वास्थ्यलगायतका क्षेत्रमा म केन्द्रित हुने लक्ष्य रहेको छ,’ मगरले भनिन् ।

कल्बको समितिको प्रथम उपाध्यक्षका रुपमा रुपा ओझा(सानु) र द्वितीय उपाध्यक्षमा सिमिता राणा चयन भएकी छिन् । त्यस्तै सचिवमा गीता भण्डारी, कोषाध्यक्षमा डा.अंशु शर्मा र सदस्यहरुमा इन्दिरा वाग्ले, ज्यति थापाक्षेत्री, बसन्ती शर्मा पुनम सिग्देल, कान्ति शर्मा, सरिता गुरुङ, मिरा ददेल, निर्मला केसी, कोमल श्रेष्ठ, अस्मिता चौधरी, अन्जु खडका, रिता चौधरी चयन भएका छन् ।

Womui
Womui