कोठा नम्बर १० बाट रेडपाण्डाको छाला र भालुको पित्तसहित ३ पक्राउ

138

बाँके– जिल्लास्थित नेपालगन्ज पुष्पलाल चोकमा रहेको राप्ती गेष्ट हाउसको कोठा नम्बर १० बाट रेड पाण्डाको छाला र भालुको पित्तसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको घोराही उप-महानगरपालिका-४ का ४९ वर्षीय भक्तबहादुर पुन, ४१ वर्षीय केशव पुन र शान्तिनगर गाउँपालिका-१ का २१ वर्षीय रोबिन बुढा रहेका छन् ।
शनिबार राति पक्राउ परेका उनीहरुबाट संरक्षित जनावर रेड पण्डाको छाला १ थान, भालुको पित्त जस्तो देखिने ४ थान वस्तु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

उक्त होटलमा वन्यजन्तुको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा लुम्बिनी प्रहरी प्रदेश कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि वन ऐन २०७६ को दफा ४९ को (त) कसुरमा निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिम ५ लाखदेखि १० लाखसम्म जरिवाना वा ५ देखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने प्रावधान रहेको छ ।

Womui
Womui