नेकोनद्वारा डा. महावीर पुनको सम्मान तथा सहयोग हस्तान्तरण

189

नेपालगन्ज– कनेक्टिकट नेपाली समाज (नेकोन) युएसएले हाल अमेरिका भ्रमणमा रहनु भएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष वैज्ञानिक डा. महावीर पुनलाई गत जुन २५ तारिखका दिन स्थानीय केनेडी पार्कमा एक औपचारिक कार्यक्रमका बीच सम्मान गर्दै सहयोग रकम हस्तान्तरण गरिएको छ।  नेकोनद्वारा संकलित १० हजार अमेरिकी डलर अध्यक्ष नारायण पौडेलज्यूले डा. पुनलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमको संयोजन संस्थाका सहकोषाध्यक्ष संजय पन्तले गरेका थिए भने  सहयोगदाताहरु र सदस्यहरु गरी करिब १०० जनाको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि डा. महावीर पुनलाई सम्मान गर्दै नेकोनका अध्यक्ष नारायण पौडेलले डा. पुनको सरल व्यक्तित्वको प्रशंसा गर्दै सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । संस्थाको तर्फबाट उपाध्यक्ष रघुनाथ गिरीले स्वागत मन्तव्य र कार्यक्रमको सहजीकरण तथा संचालन संस्थाका सचिव राजन तिम्सिनाले गरेका थिए । सम्मानित व्यक्तित्व डा. महावीर पुनले अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीको भनाइ उद्धृत गर्दै बिना स्वार्थ राष्ट्रका लागि सहयोग गर्नु पर्नेमा जोड दिएका थिए । साथै उनले सहाभागीहरुको जिज्ञासाको प्रतिउत्तर पनि दिनु भएको थियो ।

स्मरण रहोस्, डा. महावीर पुन म्याग्दीको दुर्गम गाउँ नागीमा जन्मिएर पनि अमेरिकाबाट विद्यावारिधी गर्न सफल भई अमेरिकाको सुविधा र अवसरलाई छाडेर पुन नेपालको दुर्गम गाउँमा फर्केर तार रहित ईन्टरनेट तथा भिओआईपी टेलिफोनको माध्यमबाट नेपालको दुर्गम गाउँलाई इन्टरनेटको विश्व संजालमा जोड्न सफल भएका थिए । निस्वार्थ  सामाजिक सेवामा उनको नेतृत्व क्षमताको उच्च सम्मान गर्दै सन् २००७ मा फिलिपिन्सबाट ५०,००० डलरको रमण म्याग्सायसे पुरस्कार प्राप्त गरेका थिए । त्यस यता पुरस्कारको सम्पूर्ण रकम र आफ्नो जायजेथा समेत संस्थागत गर्दै “राष्ट्रिय आविस्कार केन्द्र” को स्थापना गरी देशमा विज्ञान तथा प्रविधिको अध्ययन र अनुसन्धान मार्फत नेपाली माटो सुहाउँदो प्रविधिको विकासमा युवा जनशक्तिलाई परिचालन गरिरहेका छन् भने हालै विद्यमान कोभिड-१९ को महामारीमा नागरिक स्तरमा अगुवा नेतृत्वको भूमिकामा उनी सतिसाल झैँ उभिएका छन् ।

अक्सिजन सिलिन्डरसँग सम्बन्धित पार्टपूर्जाहरु, अस्पतालका भेन्टिलेटरहरुको मर्मत सम्भार र पिपिईको निर्माण तथा वितरणको सहजीकरण गरेर उनी र उनको केन्द्र सम्बद्ध टिमले नेपाली जनतालाई बिर्सनै नसकिने गुण लगाउन सफल भएका छन् । डा. पुन र उनको  राष्ट्रिय आविष्कार केन्द्रलाई आफ्नो उद्देश्य प्राप्तिमा निरन्तर सफलता मिलोस् भन्दै कनेक्टिकट नेपाली समाज (नेकोन) युएसएले शुभकामना समेत व्यक्त गरेको छ ।

अक्सिजन सिलिन्डरसँग सम्बन्धित पार्टपूर्जाहरु, अस्पतालका भेन्टिलेटरहरुको मर्मत सम्भार र पिपिईको निर्माण तथा वितरणको सहजीकरण गरेर उनी र उनको केन्द्र सम्बद्ध टिमले नेपाली जनतालाई बिर्सनै नसकिने गुण लगाउन सफल भएका छन् । डा. पुन र उनको  राष्ट्रिय आविष्कार केन्द्रलाई आफ्नो उद्देश्य प्राप्तिमा निरन्तर सफलता मिलोस् भन्दै कनेक्टिकट नेपाली समाज (नेकोन) युएसएले शुभकामना समेत व्यक्त गरेको छ ।

Womui
Womui