राप्तीसोनारी–२ का कोरोना प्रभावित अति विपन्नलाई खाद्यान्न सहयोग

148

शमशेरगन्ज– राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा रहेका १४ घरपरिवारलाई खाद्यान्न सामग्री सहयोग गरिएको छ । ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी रेष्टको आर्थिक सहयोग र स्वास्थ्य तथा शिक्षा विकास केन्द्रको समन्वयमा कोरोना भाइरस कोभिड का कारण प्रभावित भई ज्याला मजदुरी गरी खाने विपन्न परिवारलाई मंगलबार उक्त राहत वितरण गरिएको हो ।

कार्यक्रमको अध्यक्षता ग्रहण गरेका राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष मदनकुमार ओलीद्वारा वितरण गरिएको राहत सामग्रीमा प्रति घरपरिवार २५ केजी चामल, ४ केजी दाल, ३ लिटर खाने तेल, १ पकेट नुन र ४ वटा साबुन रहेका छन् ।

लक्ष्मी माविको प्राङ्गणमा गरिएको राहत वितरणमा सहभागीले निषेधाज्ञाले निम्त्याएको असहज परिस्थितिमा प्राप्त खाद्यान्न सामग्रीले मलहमको काम गरेको बताए ।

काठमाडौंस्थित सहयोगी संस्था (रेष्ट)ले आफ्नो स्थापनाकालदेखिनै स्टप गर्ल ट्रेकिङ र अमर कार्यक्रम अन्तर्गत १८ वटा जिल्लामा बालिका तथा किशोरीहरुलाई सामुदायिक विद्यालयहरुमा शैक्षिक सामग्री सहयोग एवम् बालविवाह बालश्रम शोषण असुरक्षित बसाइसराइ तथा मानव बेचबिखन न्यूनीकरण गर्नको लागि जनचेतनामूलक कार्यक्रमहरु संचालन गरिरहेको छ । बर्दिया जिल्लाको २ वटा नगरपालिकामा रहेका १२ वटा समुदायिक विद्यालयमा अध्ययरत ३१२ जना छात्ताहरु यस कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित भएको संस्थाले जनाएको छ ।

कार्यक्रममा लक्ष्मी माविका प्रधानाध्यापक लक्ष्मण आचार्य, शिक्षक गणेश ओलीलगायतका शिक्षक र विद्यार्थीको उपस्थिति रहेको थियो ।

Womui
Womui