एसपी रानालाई बिदाइ एसपी श्यामकुमार अधिकारीलाई स्वागत

233

नेपालगन्ज– जिल्ला प्रहरी कार्यालय बाँकेबाट सरुवा भएका प्रहरी उपरीक्षक ओमबहादुर रानालाई एक कार्यक्रमका बीच बिदाइ गरिएको छ । एसपी रानाको बिदाइ भएसँगै बाँकेमा नयाँ आएका एसपी श्यामकृष्ण अधिकारीलाई स्वागत गरिएको छ । कर्मचारी मिलन केन्द्र बाँकेले जिल्ला प्रशासन कार्यालय बाँकेमा आयोजित स्वागत तथा बिदाइ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेमा हाजिर हुन आएका एसपी अधिकारी र प्रमुख मालपोत अधिकृत हरीकृष्ण सुवेदीलाई बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र मिलन केन्द्रका अध्यक्ष कोष नियन्त्रक कार्यालयका प्रमुख रामचन्द्र शर्माले बिदाइ तथा स्वागत गरेका हुन ।

एसपी रानाको संघीय प्रहरी कार्यालय भैरहवामा सरुवा भएको छ भने एसपी अधिकारी महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंबाट सरुवा भई बाँके आएका हुन् ।

Womui
Womui