नरैनापुरको बजेट ४९ करोड १ लाख ४६ हजार

41

नेपालगन्ज– नरैनापुर गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि ४९ करोड १ लाख ४६ हजार रुपैयाँको बजेट प्रस्तुत ल्याएको छ । गाउँपालिकालाई संघीय सरकारको समानीकरण अनुदानतर्फ ११ करोड ५५ लाख, सशर्त अनुदानतर्फ १९ करोड २ लाख, विशेष अनुदानतर्फ १ करोड ४ लाख, समपुरक अनुदानतर्फ ४९ लाख, प्रदेश सरकार समानीकरण अनुदान ५४ लाख ३८ हजार, प्रदेश सरकार सशर्त अनुदान ८५ लाख ४४ हजार, प्रदेश सरकार विशेष अनुदानतर्फ ६० लाख, प्रदेश सरकार समपुरक अनुदान १ करोड ५० लाख र आन्तरिक श्रोत ५४ लाख ३० हजार आय अनुमानसहित बजेट ल्याइएको हो ।

सामाजिक विकासतर्फ २० करोड १५ लाख रकम विनियोजन गरिएको छ । यस्तै शिक्षामा १३ करोड ५६ लाख र स्वास्थ्यमा ५ करोड ६ लाखका बजेट छुट्याइएको छ । कृषिमा १ करोड ७३ लाख रुपैयाँ बजेट छुट्याएको छ भने उद्योगतर्फ २७ लाख र पर्यटनतर्फ १ करोड २० लाख रुपैयाँको बजेट गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले प्रस्तुत गरे ।

त्यसैगरी पूर्वाधारमा १० करोड ७९ लाख, यातायात पूर्वाधारमा ७ करोड ५४ लाख, भवन, आवास तथा सहरी विकासतर्फ २ करोड ९७ लाख र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ५ करोड १८ लाख विनियोजन गरिएको छ ।

Womui
Womui